नेपाल तामाङ घेदुङ,इजरायलद्वारा बन भोज तथा प्रत्येक्ष भेटघाट कार्यक्रम जुलाई १६ मा।

मूलबासि /भूमिपुत्र

जून २६ तेल अभिव फिष्टेल न्यूज। ''तामांग भाषा,भेषभुषा,धर्म,कला,लिपी,संस्कार र संस्कृतिको संरक्षण गरौ,ताम्सालिङ प्राप्तिको लागि एक जुट होऔं '' भन्ने मुल नारा का साथ " नेपाल तामाङ घेदुङ,इजरायलद्वारा प्रत्यक्ष भेटघाट तथा बनभोज कार्यक्रमको आयोजना गर्ने भएको छ।यस बनभोज कार्यक्रममा विभिन्न खानाका परिकारहरुसंगै , स्थानीय कलाकारहरुको मनोरन्जनात्मक सांसकृतिक प्रस्तुतिहरु रहेकोको आयोजकले जनाएको छ। साथै सो कार्यक्रमबाट भएको मुनाफा नेपाल तामाङ घेदुङ,इजरायलद्वारा स्थापना गरेको अनाथ,असहाय,टुहुरो,गरिब तथा जेहेन्दार बालबालिकाको शैक्षिक अक्षयकोषमा थप गरिने लक्ष्य रहेको पनि जानकारी दिनु भएको छ। यस अवसरमा उपस्थित भैदिनु हुन इजरायलमा रहनुहुने सम्पूर्ण नेपालीभाषी समाजसेवी बुद्धिजीवी दाजुभाइ तथा दिदिबहिनीहरु लगायात राजनीतिक,धार्मिक समाजिक संघसंस्थामा आबद्ध हुनुभएका अध्यक्ष,पदाधिकारी ,मिडियाकर्मीहरुमा "नेपाल तामाङ घेदुङ,इजरायलद्वारा गरिमामय उपस्थितिको लागि हार्दिक निमन्त्रणा ( ज्याबा म्होइजेन फुल्जी ) गरिएको छ।

मिती:- ई.सं.२०२१ जुलाई १६ तारिख शुक्रबार
स्थान:- यार्कोन पार्क तेल अविव
समय :- साँझ ८:०० बजे (रात्री भोजन)

बस छुट्ने समय :-     साँझ ७:३० बजे ।

बस छुट्ने स्थान:- लेवेन्स्की नेपाली पार्क तेल अविव

नोट :-शाकाहारी  ग्रहण गर्नुहुने पाहुनाहरुलाई चाहाना अनुसार खानाको ब्यवस्थापन रहेको छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...