नेपाली कांग्रेसका युवा नेता गगन थापाले महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा ।

अन्य

अगस्ट ३० काठमाडौँ :-नेपाली कांग्रेसका युवा नेता गगन थापाले आसन्न १४औं महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । उनी कुन समुहबाट उम्मेद्वार बन्ने भन्ने टुङ्गाे भने लाइसकेकाे छैन ।आज काठमाडौंमा एक कांग्रेस कार्यकर्ता भेलालाई सम्बोधन गर्दै थापाले महामन्त्रीमा उम्मेदवारी दिन लागेको घोषणा गरेका हुन् ।१३औं महाधिवेशनमा पनि थापा महामन्त्रीमा उम्मेदवार थिए । त्यसबेला सिटौला समूहबाट उम्मेदवार बनेका उनी पराजित भएका थिए ।आफ्ना साख्खै ससुरा अर्जुननरसिंह केसी र शशांक काेइरालासँग प्रतिस्पर्धा गरेका थापाले विजयी बन्न नसकेपनि ससुरालाई हराएका थिए । त्यसैले सभापतिमा शेरबहादुर देउवा विजयी भने पनि महामन्त्रीमा रामचन्द्र पाैडेल समुहका काेइराला विजयी भएका थिए ।


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...