नयाँ सिजनको पहिलो एल क्लासिको अक्टोबरमा

खेलकुद

नयाँ सिजनको पहिलो एल क्लासिको अक्टोबरमा
१६ भदौ, काठमडौं । स्पानिस ला लिगाको नयाँ सिजन २०२०-२१ को पहिलो एलक्लासिको अक्टोबरमा हुने भएको छ । ला लिगाले सार्वजनिक गरेको खेल तालिका अनुसार दुई जायन्ट क्लब बार्सिलोना र रियल मड्रिडबीच सिजनको पहिलो खेल २५ अक्टोबर २०२० मा क्याम्प नोउमा हुनेछ । यस्तै रिटर्न लिग ११ अप्रिल २०२१ मा रियलको मैदान सान्टियागो बर्नाबेउमा हुनेछ । यो सिजनको एल क्लासिको सम्भवत करिब १६ वर्षपछि शताब्दीकै दुई हस्तीहरु लियोनल मेस्सी र क्रिष्टियानो रोनाल्डो विना खेलिनेछ । उनीहरु विनाको क्लासिको त्यति रोमाञ्चक नहुने अनुमान गरिएको छ । ला लिगाको नयाँ सिजन दुई सातापछि अर्थात यही १३ सेप्टेम्बरदेखि सुर हुँदैछ । जसमा साविक विजेता रियलले पहिलो खेल गेटाफेसँग खेल्दै उपाधि रक्षा अभियान सुरु हुनेछ । यस्तै बार्सिलोनाले एल्चेसँग खेल्नेछ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...