दाङको दोलई खोलामा सुनौलो कछुवा फेला

रोचक जानकारी

दाङको दोलई खोलामा सुनौलो कछुवा फेला
दाङको राप्ती गाउँपालिका वडा नम्बर ५ मा पर्ने दोलई खोलामा  पहेँलो रङको कछुवा भेटिएको छ । स्थानीयवासी १७ वर्षीय देवीराम चौधरीले परम्परागत रुपमा माछा मार्ने क्रममा बिहीबार उक्त कछुवा भेटाएका हुन् । राप्ती गाउँपालिकाका प्रेस संयोजक तीर्थराज ज्ञवालीका अनुसार खोलामा भेटिएकोे कछुवा राप्तीमा गठित वडास्तरीय जलीय जैविक विविधता संरक्षण समूहले  सामुदायिक वन क्षेत्रको पोखरीमा छाडेको थियो । संरक्षण समूहका उपाध्यक्ष जगनारायण चौधरीले  उक्त कछुवा भद्दैर प्रजातिको लोपोन्मुख भएको र स्थानीय थारु समुदायमा सुपा जस्तो ठूलो हुने भएकाले सुप्पैहवासमेत भन्ने गरिएको जानकारी दिए । सो कछुवा १५ वर्षपछि दोलई खोलामा देखिएको हो ।  यसको तौल ३० केजीसम्म हुने उनको भनाइ छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...