तमु प्ये ल्हु संघ केन्द्रिय समितिमा सातजना सदस्यहरु मनोनीत ।

अन्य

कार्तिक २८ पोखरा ः-तमु प्ये ल्हु संघ केन्द्रिय समितिमा नेपाल अधिराज्य भरि समेट्ने हितुले देशभरबाट थप सातजना सदस्यहरु मनोनीत भएका छन । मिती २०७८ कार्तिक २७ गते शनिबार तमु प्ये ल्हु संघ पोखरा केन्द्रिय समितिमा विभिन्न जिल्लाबाट प्रतिनिधित्व हुनेगरी मनोनीत गरेका सातजना सदस्यहरूलाई केन्द्रिय अध्यक्ष हितकाजी टुक्ल्हेप्री तमुद्वारा पद तथा गोपनियताको सपथ ग्रहण गराएका छन ।
ती सातजना सदस्यहरुलाई यहि कार्तिक १३ गते बसेको केन्द्रिय समितिको पूर्ण बैठकद्वारा मनोनीत गरेका हुन ।
मनोनीत सात सदस्यहरुमा ताप्लेजुङबाट क्षत्र बहादुर भुज्जा तमु, मोरङबाट पदम बहादुर ल्हेंगे तमु, लमजुङबाट गमी क्रोम्छें तमु, पोचोको समाजबाट बम बहादुर टुक्ल्हेप्री तमु, रुपन्देहीबाट नोक बहादुर क्रोम्छें तमु, स्याङ्जाबाट सु. तोरण बहादुर क्रोम्छें तमु र कास्कीबाट लोक बहादुर क्होला तमु रहेका छन ।सो अवसरमा तमु प्ये ल्हु संघ, केन्द्रिय समितिमा मनोनीत सातैजना सदस्यहरुलाई हार्दिक बधाई एवं शुभकामना व्यक्त गर्नु भएको थियो ।


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...