छथर पत्रकार समाजको अध्यक्षमा प्रकाश पाक्साँवा चयन।

अन्य

छथर पत्रकार समाजको अध्यक्षमा प्रकाश पाक्साँवा तेह्रथुम ८ चैत बिगत एक दशक देखि क्रियाशिल रूपमा संचालनमा आएको छथर पत्रकार समाजको भेला सम्पन्न भएको छ । तेह्रथुमको छथर क्षेत्रमा रहि विभिन्न संचार माध्यममा काम गर्दै आएका श्रमजीवी पत्रकारहरुको पेशागत हक हित र प्रेस स्वतन्त्रतालाई संरक्षण गर्ने उदेश्यले स्थापना गरिएको छथर पत्रकार समाजले आज क्रियाशिल पत्रकारहरुको भेला गर्दै प्रकाश पाक्सावाँको अध्यक्षतामा ११ सदस्य कार्यसमिति निर्माण गरेको छ। पाक्साँवा करिब डेढ दशक यता कृयाशिल पत्रकारिता गर्दै आएका छन । अहिले पाक्साँवा इमेज टेलिभिजन लगायत विभिन्न सञ्चार माध्यममा कार्यरत छन । आगामी पत्रकार महासंघको चुनावमा व्यवसायिक पत्रकारहरुको प्रतिनिधित्व हुनुपर्नेमा भेलामा सहभागी पत्रकारहरुले जोड दिएका छन् । भेलाले उपाध्यक्षमा रेवत पारघरी , साइनोखबर डट कम सचीवमा विनोद भट्टराई , टिभी टुडे सह सचीवमा बाला भट्टराई , रेडियो धनकुटा कोषाध्यक्षमा बालिका तिगेला,रेडियो छथर सदस्यहरुमा महेन्द्र मादेन , रेडियो तेह्रथुम सुजन आङ्खेवा ,रेडियो मेन्छ्यायेम रमेश बस्नेत , रेडियो मेन्छ्यायेम होम पारघरी , कन्चनजंघा अनलाइन सुरज पोख्रेल i n.a. र राजिव जोसि रेडियो मकालु लाई चयन गरेको छ। यस्तै सल्लाहकार समितीमा नेपाल पत्रकार महासंघ केन्द्रिय सदस्य उद्धव तिम्सिना , कृष्ण बिदुखी गौतम र टि आर सेनेहाङ लाई चयन गरेको पत्रकार तथा छथर पत्रकार समाजका नवनिर्वाचित उपाध्यक्ष रेवत पारघरिले जानकारी दिए ।


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...