गण्डकीमा आज मात्रै ८३ संक्रमित थपिए (पूर्ण विवरणसहित)

देश    स्वास्थ्य

गण्डकीमा आज मात्रै ८३ संक्रमित थपिए (पूर्ण विवरणसहित)
१९ भदौ, पोखरा । गण्डकी प्रदेशमा शुक्रबार दिउसो  थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस अघि आज बिहान मात्रै गण्डकीका ४० जनामा संक्रमण देखिएको थियो । स्वास्थ्य निर्देशनालय गण्डकीले बिहान कास्कीको पोखरा महानगरका १ जना सहित प्रदेशका स्याङजा, गोरखा, मनाङ र नवलपुर जिल्लामा गरी ४३ जनामा कोरोना भाइरस देखिएको जनाएको हो । संक्रमण पुष्टि हुनेमा कास्कीको  पोखरा ५ का ३२ वर्षीय  पुरुष, स्याङजा भिरकोटका २०  वर्षीय पुरुष ,गोरखाका ३ वर्षीया बालिका देखि ५० वर्ष उमेर समुहका ९ महिला तथा २४ देखि ६० वर्ष उमेर समुहका ७ पुरुष , मनाङ चामेका २४ वर्षीया पुरुष र नवलपुरका ४ वटा पालिकाका  २४ जनामध्ये   २०  देखि ६७  वर्ष उमेर समुहका ८ जना महिलामा र बाँकी पुरुषमा कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ । यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ३ सय ९७ पुगेको छ । शुक्रबार दिउसो  थपिएका संक्रमितहरुको विवरण यस प्रकार छन् ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...