क्या.लखन थापा मगरको १४६औं स्मृति दिवस कबिता वाचन गरी मनाउदै ,प्रथम हुनेको पुरस्कार रासी रु .५०,०००/-

अन्य

फिष्टेल न्युज -इजरायल

कबिता प्रतियोगीता ब्यनार

नेपाल आदिबासी जनजाती महासंघ इजरायलको आयोजनामा आगामी मिती २०७९ फागुन ०२ गते १४६ औ लखन स्मृति दिवसको अवसर पारी प्रथम शहिद क्या. लखन थापा मगरको जीवनीमा आधारित रहेर बृहत कबिता बाचन प्रतियोगिता जुम भर्चुअल मार्फत हुने भएको छ |उक्त कबिता बाचन प्रतियोगितामा भाग लिनका लागी साहित्य ,इतिहासमा रुची राख्ने संसार भरि छरिएर रहनुभएका सम्पूर्ण नेपालीहरुले भाग लिन सक्नें बताईएको छ भने प्रतियोगितामा सहभागी हुदै गर्दा घ्यान दिनुपर्ने कुरा चाही कविताको शिर्षक प्रथम सहिद हुनुपर्ने ,कवितामा समेटिने शब्दहरु बढीमा १५० हुनुपर्ने ,कपि गरिएको वा प्रसारित भैसकेको समाबेस नगरिने ,कबिता लिखित सहित ,वाचन गरी भिडियोमा पठाउनुपर्ने ,पासपोर्ट साईजको फोटो सहित ठेगाना खुलाउनु पर्ने,कबिता पठाउने समय अबधी २०७९ फागुन ४ देखि २४ गते सम्म रहने , गरी नियमहरु तोकिएको छ |कबिता पठाउनका लागी नेफिन इजरायलको इमेल nfinisrael.info@gmail.com वा ह्वाट्स एप ००९७२-५८४२४१८६३ ,५४३६३१०८६ वा संयोजक ज्युको फेसबुक https://www.facebook.com/dikkumar.gurung मा पठाउन सकिने जानकारी गराएको छ |प्रथम शहिद कबिता बाचन प्रतीयोगीताको बिजेता भने दक्ष साहित्यकार ,कबिहरु द्वारा २०७९ फागुन २ गते उत्कृस्ट ३ सहित शान्त्वना बिजेताको घोषणा गरिने छ | बिजेताहरु प्रथम ,दितीय ,तृतीय हुनेले क्रमश रु ५०,००००\,२५,०००\,१५,००० र शान्त्वना २ जनालाई रु ५००० नगद प्रदान गरिने र सहभागी सम्पूर्णलाई प्रशंसा पत्र द्वारा सम्मान गरिने आयोजक संस्थाले जनाएको छ |

यो कबिता बाचन प्रतियोगिता गर्नुको मुख्य उधेश्य चाही प्रथम सहिद क्या. लखन थापा मगरको त्याग ,देन र बलिदानिलाई सम्पुर्ण राष्ट ,समुदाय र नेपालीहरुले चिन्न सकुन र राज्यले प्रथम शहिद भनेर घोषणा गरेता पनि अन्य शहिदहरु सरह स्मरण गर्न,स्थान पाउन सकुन साथै सबैजाति ,समुदाय प्रती राज्यको ब्यबहार समान रहोस भन्ने रहेको र साहित्य विधामा रुची हुनेहरुलाई साहित्य क्षेत्रमा लागिरहन प्रेरणा मिलोस भन्ने ध्यय रहेको आयोजक संस्था नेपाल आदिबासी जनजाती महासंघ इजरायलले जनाएको छ |

बृस्तृत बिबरणका लागी https://www.facebook.com/photo?fbid=3514532058777638&set=a.1709214555976073


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...