कोरोना विरुद्धको ५० करोड डोज भ्याक्सिन तयार गर्दै रुस

विदेश    स्वास्थ्य

कोरोना विरुद्धको ५० करोड डोज भ्याक्सिन तयार गर्दै रुस
एजेन्सी । रुसमा विकास गरिएको कोभिड-१९ विरुद्धको खोपको पछिल्लो ७६ जनामा गरिएको परीक्षणबाट निकै सकारात्मक परिणाम देखापरेको रुसी अधिकारीहरूले बताएका छन् । बीबीसीका अनुसार सो खोपको परीक्षण जुन र जुलाइमा सुरु गरिएको र त्यसमा दुई पटकमा हरेक समूहमा ३८ जना स्वस्थ व्यक्ति समावेश गरिएको थियो । उनीहरूलाई पहिलो पटक सो खोप दिनुका साथै त्यसको तीन हप्तापछि बुस्टर डोज दिइएको थियो । सो खोपको परीक्षणमा १८ देखि ६० वर्ष उमेर समूहका व्यक्ति समावेश थिए र उनीहरूलाई खोप दिइएको ४२ दिनपछि परीक्षण गर्दा सबैकाे तीन हप्ता भित्रैमा रोगसँग लड्ने एन्टिबडी पैदा भइसकेको थियो । अध्ययनका क्रममा सबैमा टाउको दुख्ने र जोर्नी दुख्ने जस्ता साइड इफेक्ट भने पाइएको थियो र अन्य कुनै गम्भीर साइडइफेक्ट थिएन ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...