कोभिड अस्पताल बनाउन कस्सिए काठमाडौंका सांसदहरु

देश    राजनीति

कोभिड अस्पताल बनाउन कस्सिए काठमाडौंका सांसदहरु
११ भदौ, काठमाडौं । काठमाडौं जिल्लाबाट निर्वाचित संघीय सांसदहरु, सांसद विकास कोष (स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम)को रकमबाट कोभिड अस्पताल बनाउन तयार भएका छन् । तर, यसबारे प्रदेश सरकार र स्थानीय सरकारसँग थप छलफल गरेर निर्णय पुगिने नेकपाकी सांसद रामकुमारी झाँक्रीले बताइन् । काठमाडौं उपत्यकाभित्र कोरोना भाइरस (कोभिड १९) को बढ्दो संक्रमण र रोकथाम तथा नियन्त्रणका प्रयास सम्बन्धमा काठमाडौंबाट निर्वाचित सांसदहरुबीच बुधबार छलफल भएको थियो । छलफलमा सांसद विकास कोषको रकम, विकास आयोजनामा खर्च गर्न सकिने अवस्था नरहेको भन्दै सांसदहरुले कोभिड अस्पताल बनाउनुपर्ने बताएका हुन् । ‘सांसद विकास कोषको रकमबाट कोभिड अस्पताल बनाऔं भन्ने भएको छ,’ सांसद झाँक्रीले भनिन्, ‘हामी १० जना संघीय सांसद छौं । ४ करोडका दरले ४० करोड जम्मा हुन्छ । प्रदेश सरकारबाट २० करोड र स्थानीय तहबाट ४० करोड आयो भने १ अर्बमा राम्रो अस्पताल बनाउन सकिन्छ ।’ सांसद विकास कोषको रकमबाट कोभिड अस्पताल बनाउने विषयमा प्रदेश सरकार र स्थानीय तहसँग थप छलफल गरेर जाने सांसदहरुको तयारी छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...