एमबाप्पेको गोलमा फ्रान्सको जित, आईसल्याण्ड पेनाल्टीमा चुक्दा इंग्ल्यान्ड विजयी

खेलकुद

एमबाप्पेको गोलमा फ्रान्सको जित, आईसल्याण्ड पेनाल्टीमा चुक्दा इंग्ल्यान्ड विजयी
एजेन्सी- युवा स्टार फरवार्ड केलियन एमबाप्पेको गोलमा विश्व विजेता फ्रान्सले युईएफए नेसन्स लिगमा सुखद शुरुवात गरेको छ । फ्रान्सले नेसन्स लिगको पहिलो खेलमा स्वीडेनलाई १–० ले पराजित गर्दै विजयी शुरुवात गरेको हो । ४१औं मिनेटमा फ्रान्सले एमबाप्पेको गोलबाट खेलमा १–० को अग्रता लिन सफल भयो । शनिबार राति भएको खेलमा पाहुना टोलीको फ्रान्सको जितमा एमबाप्पेले गरेको एकमात्र गोल नै निर्णायक बन्यो । इन्ज्युरी समयमा फ्रान्सले पेनाल्टी पाएपनि ग्रिजमनले सदुपयोग गर्न सकेन । भिक्टर निल्सन लिन्डेलफले एन्थोनी मार्सियललाई पेनाल्टी बक्समा फल गरेपछि प्राप्त पेनाल्टीमा ग्रिजमनको प्रहार क्रसबारमा लागेर बाहिरियो । आईसल्याण्ड पेनाल्टीमा चुक्दा इंग्ल्यान्ड विजयी इन्ज्युरी समयमा घरेलु टोलीका बिर्किर बिजारसन पेनाल्टीमा चुक्दा इंग्ल्यान्डले युईएफए नेसन्स लिगमा विजयी सुरुवात गरेको छ । शनिबार राति तनावपुर्ण बनेको खेलमा आइसल्यान्डमाथि १–० को कठिन जित निकालेको हो । आइसल्याण्डको मैदानमा भएको खेलमा इंग्ल्यान्डलाई जिताउन रहिम स्टर्लिङले इन्ज्युरी समयमा गरेको गोल नै निर्णायक बन्यो । स्टर्लिङले पेनाल्टीमा निर्णायक गोल गरेका थिए । खेलको इन्ज्युरी समयमा नै घरेलु टोलीले पेनाल्टीमार्फत बराबरी गर्ने अवसर पाएपनि बिर्किर पेनाल्टीमा चुक्दा घरेलु टोली इंग्ल्यान्डसँग पराजित हुन पुग्यो । दुबै टिम १० खेलाडीमा समेटिएर खेलको अन्त्य गरेको थियो । ७७ प्रतिशत बल पोजेसन राखेपनि इंग्ल्यान्डले गोलको लागि निकै संघर्ष गर्नुपरेको थियो । ७०औं मिनेटमा इंग्ल्यान्ड १० खेलाडीमा समेटियो । अर्नर इंग्भी ट्राउट्सनमाथि फल गरेपछि केएल वाल्कर दोहोरो पँहेलो कार्ड खादै मैदानबाट बाहिरिए । १० खेलाडीमा समेटिएपनि इंग्ल्यान्डले आइसल्यान्डमाथि लगातार दवाव सिर्जना गरेको थियो । ८८औं मिनेटमा इंग्ल्यान्डले पेनाल्टीको अवसर प्राप्त गर्दा आइसल्यान्ड पनि १० खेलाडीमा समेटियो । आइसल्याण्डका डिफेन्डर स्भेररिर इंगी इन्गासनले पेनाल्टी बक्समा हातले बल रोकेपछि उनी दोहोरो पँहेललो कार्ड खादै मैदानबाट बाहिरिदा इंग्ल्यान्डले पेनाल्टीको अवसर पाएको थियो । जसमा स्टर्लिङ चुकेनन् । र इंल्यान्डलाई १–० को अग्रता दिलायो । तर त्यसको एक मिनेट नबित्दै आइसल्यान्डले पनि पेनाल्टीको अवसर पायो । इंग्ल्यान्डका जोसेप गोमेजले होल्मबेर्ट आरोनलाई आफ्नो डिबक्सभित्र फल गरेपछि आइसल्याण्डले पेनाल्टीको अवसर पाएको थियो । तर, बिर्किर बिजारसनको पेनाल्टी प्रहार बाहिरिदा घरेलु टोली खेल बराबरी गर्न बाट चुक्दै पराजित हुन पुग्यो । जितसँगै लिग ‘ए’ समूह २ मा इंग्ल्यान्डले ३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । बेल्जियम ३ अंक जोडेर शीर्षस्थानमा छ । अंकविहीन आइसल्यान्ड र डेनमार्क तेस्रो र पुछारमा छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...