एक महिना देखि काठमाडौंमा थुप्रिएको फोहर आजदेखि उठ्ने ।

अन्य    देश

सेप्टेम्बर १ काठमाडौँ :-करिव एक महिना देखि काठमाडौंमा थुप्रिएको फोहर आजदेखि उठ्ने भएको छ। नुवाकोटको सिसडोलमा वर्षाले फोहर फाल्न समस्या भएपछि काठमाडौंका सडकमा थुप्रिएको फोहरको डंगुर आजदेखि उठ्न लागेको हो।वर्षाले मात्रै नभएर स्थानीयले फोहर विसर्जनमा अवरोध गरेका कारण काठमाडौंको फोहर व्यवस्थापनमा समस्या हुँदै आएको थियो। हिजो काठमाडौं महानगरपालिका र ल्याण्डफिल साइट (नुवाकोटको सिसडोल)का स्थानीयबीच एक सम्झौता भएपछि फोहर व्यवस्थापनका सन्दर्भमा देखिएको अवरोध हट्ने भएको हो।मंगलबार काठमाडौं महानगरपालिकाको वातावरण विभाग र सिसडोलका स्थानीयबीच ९ बुँदे सहमति भएको हो। काठमाडौं महानगरपालिकाको वातावरण व्यवस्थापन विभागका प्रमुख हरि कुमार श्रेष्ठ, सिसडोल इञ्चार्ज सरकारदीप श्रेष्ठ, महानगरीय प्रहरी बृत्त बालाजुका इञ्चार्ज डीएसपी निर्मल बुढाथोकी र नुवाकोटको ककनी गाउँपालिका–१ का वडाध्यक्ष चन्द्र बहादुर श्रेष्ठ बलामी समेतबीच ९ बुँदे सहमति भएको हो।


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...