इजरायालामा नेपाली चलचित्र कब्बड्डी ४ भब्य प्रदर्शन !

अन्य

जुन १९ तेल अभिव इजरायल दिपेन गुरुङ ,इजरायलमा नेपाली कथानक चलचित्र कबड्डी ४ को भब्य रुपले प्रदर्शन सम्पन्न भएको छ। जुन १७ शुक्रबार साँढे चार बजे सम्पन्न भएको सो चलचित्र पहिलो शो मा दर्शकहरुले सिनेमा हल खचाखच भरिएको थियो, भने शनिबार को दोस्रो शोमा पनि दर्शकहरुको ठुलो उपस्थिति रहेको थियो। राम बाबु गुरुंगले निर्माण गरेको ,प्रख्यात नायक दया ह्यंग राई ,मिरुना मगर ,सौगात मल्ल बुद्दि तामांग लगायत चर्चित कलाकारहरुले अभिनय गरेको चलचित्र नायिका

मिरुना मगर र फुर्बा लामा बीच भएको सानो बिबादलाई आधार मानेर चलचित्र प्रदर्शन हुना नदिने ,बहिस्कार गर्ने हल्ला फैलिए पनि यस चलचित्र नेपालमा ब्लक बस्टर भएको र भब्य रुपले प्रदर्शन भैरहेको छ। यस चलचित इजरायलमा पुनः जुलाई १६ तारिखमा प्रदर्शन हुन लग्गेको हो। यस्तो नेपाली चलचित्र बिदेशी भूमिमा हेर्ने अवसर दिनु भएकोमा दर्शकहरुले आयोजक प्रति धन्यवाद दिनु भएको छ।

भिडियो हेर्नको लागी यहाँ किलिक गर्नु होला ||

https://www.youtube.com/embed/cpoR1bOpIKY

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...