इजरायलमा य़ेलेदुङ्ग ५०८२”उभौली साकेला सिली “सांगीतिक कार्यक्रम २०२२ प्रसिद्द गायिका कला देवी राई ,गायकहरु रुप कुमार राई तथा महेन्द्र राईको साथमा भब्य रुपले मनाउदै।

अन्य

मार्च २४ दिपेन गुरुङ तेल अभिव ,''विस्वका किरात राईहरु एक हौ ,आफ्नो भेषभुषा ,भाषा ,लिपि ,कला संस्कृति संरक्षण र सम्बर्धन गरौ '' भन्ने मूल नाराका साथ् किरात राईहरुको येलेदुंग ५०८२ ,उभौली साकेला सिली इजरायलमा भब्य रुपले मनाउने भएको छ।किराँत राई यायोख्खा नेपाल -इजरायलको आयोजनामा मे २० शुक्रबार साँझ ७ बजे यादखारुचिम - १५ EVE हल तेलअभिवमा किरात राईहरुको राष्ट्रिय पर्व येलेदुंग ५०८२ ,उभौली साकेला सिली तथा सांगीतिक कार्यक्रम २०२२ भब्य रुपले मनाउने भएको कार्यक्रम संयोजक श्री दिप कुमार राईले फिष्टेल न्यूजलाई टेलिफोन मार्फत जानकारी दिनु भएको छ। कार्यक्रमका लागि नेपालबाट प्रसिद्द गायिका कला देवी राई ,गायकहरु रुप कुमार राई र महेन्द्र राई इजरायल आउनु हुने भएको छ। सो कार्यक्रममा नेपाली खाना,अतिथि कलाकारहरुको बेजोड प्रस्तुतिहरु सहित स्थानीय कलाकारहरुको पहिचानलाई झल्काउने विभिन्न प्रस्तुतिहरु रहने पनि संयोजक दीप कुमार राई ज्युले बताउनु भएको छ। किरात राई यायोख्खा इजरायलको योजनामा हुने सो कार्यक्रममा इजरायलमा रहनु हुने सम्पूर्ण नेपाली तथा नेपाली भाषी दाज्यु भाई दिदि बैनीहरु सम्पूर्णमा उपस्तिथीका लागि आयोजकद्वारा हार्दिक अनुरोध गरिएको छ। |स्मरण रहोस किरात राई यायोख्खा इजरायलले स्थापना भए देखि नै आफ्नो पहिचान बोकेका राष्ट्रिय चाडपर्वहरु निरन्तर रुपमा मनाउदै आईरहेको छ |

येलेदुंग ५०८२ ,उभौली साकेला सिली
आयोजक :-किरात राई यायोख्खा इजरायल
स्थान :-यादखारुचिम - १५ EVE हल तेलअभिव
समय :--साँझ ७ बजे
मिती:-मे २०- २०२२ शुक्रबार


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...