इजरायलमा राष्ट्रिय पर्व तमु ल्होसार भब्य रुपमा मनाईदै

अन्य

फिस्टेल न्युज संवादाता :१ डिसेम्बर २०२२ ,इजरायल

ल्होसार कार्यक्रम ब्यानर

आउँदै गरेको राष्ट्रिय पर्ब तमु ल्होसार २०७९ को पावन अवसर पारी तमु समाज इजरायलको आयोजनामा यहि आउँदो मिती ३० डिसेम्बर २०२२ शुक्रबार तेल-अभिब स्थित यादखरुचिम १५ को हलमा साँझ ७:०० बजेदेखि “ प्ये म्हस्याँ छ्याँ म्हमु , छ्याँ म्हस्याँ ल्हु म्हमु , ल्हु म्हस्याँ म्हि म्हमु, अर्थात शास्त्र हराए संस्कार हराउछ , संस्कार हराए संस्कृति हराउछ, संस्कृति हराए मानव अस्तित्व नै हराउँछ भन्ने मुल नाराका साथ “राष्ट्रिय पर्व तमू ह्युई_ल्हो ल्होसार स्योकै तथा सांस्कृतिक कार्यक्रम 2022 " तमू संस्कार, संस्कृति र परम्परा झल्किने बृहत सांस्कृतिक कार्यक्रमहरुको साथमा इजरायलमा कार्यरत स्थानीय नेपाली कलाकारहरुको प्रस्तुतिहरु , डिजे धमाका सहित रात्रीभोज तथा शुभकामना आदानप्रदान कार्यक्रम गर्दै भब्य रुपमा ल्होसार मनाउन गईरहेको कार्यक्रमकी संयोजक (उपाध्यक्ष) नरमाया तमुस्यो ज्युले जानकारी दिनुभयो भने उक्त कार्यक्रममा इजरायलमा कार्यरत सम्पूर्ण नेपाली दिदिबहिनी तथा दाजुभाईहरुलाई पनि उपस्थितिको लागी आयोजक संस्थाले अनुरोध गरेको छ |

निमन्त्रणा

तो_ल्हो ( बाघ वर्ग ) लाई बिदाई गर्दै ह्युई_ल्हो ( बिरालो वर्ग ) लाई स्वागत गरेको खुशियालीमा यस पटकको तमू ल्होसार २०७९ मनाउन गईरहेको जनाईएको छ |


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...