ईलाम देउमाईका विपन्न परिवारलाई युवाहरुद्वारा राहत वितरण

देश    समाज

ईलाम देउमाईका विपन्न परिवारलाई युवाहरुद्वारा राहत वितरण

४ असोज, ईलाम । जिल्लाको देउमाई नगरपालिका वडा नं. ४ का स्थानिय युवाहरुको पहलमा राहत वितरण कार्यक्रम सम्पन्न भएको छ । उनीहरुले आफ्नो वडा भित्रका २५ विपन्न परिवारलाई राहत सामग्री वितरण गरेको हो ।

युुवाहरुले विपन्न परिवारलाई दाल, नुन, तेल, चामल लगायतका अत्यावश्क खाद्य सामग्री वितरण गरको अभ्यान्ता दुर्गा घिमिरेले बताए । कोरोना महामारीले निम्त्याएको आर्थीक संकटका कारण दैनिक ज्याला मजदुरी गरेर खाने परिवार भोकमरीको अवस्थामा रहेकोले राहत स्वरुप खाद्य सामाग्री बितरण गरेको अर्का अभियान्ता अनिल नेपालले जानकारी दिए ।

लामो अवधिको लकडाउनले आम जनताको दैनिकी कष्टपुर्ण बन्दै गएपनि स्थानिय निकाय, प्रदेश र केन्द्रस्तरबाट कुनै सहयोगको पहल नभएपछि स्थानिय युवाहरुले स्वविवेकले सो कार्यक्रमको आयोजना गरेको अभियान्ता आशिष खनालले बताए ।

युवाहरुले खाद्य बैंकको अवधारणामा राहत सामाग्री वितरण गरेका हुन् । राहत वितरण कार्यक्रमका लागि देउमाई नगरपालिकाका स्थानीय व्यवसायी र समाजसेवीहरुले खाद्य सामाग्री तथा नगद उपलब्ध गराएका थिए ।

स्थानीय युवाहरुले कोरोना माहामारिको समयमा पहिलो पटक राहात कार्यकम सम्पन्न गरेको र नगर भित्रका अन्य वडाहरुमा समेत छिट्टै राहात सामाग्री पुर्याउने उदेश्य रहेको अभियन्ता दुर्गा घिमिरेले बताए ।


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...